१३ वर्षीया बालिका बलात्कार गर्ने गौतम पक्राउ

झापा । दक्षिणी झापाको जलथलमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलथल–८ निवासी ४६ वर्षीय रामकृष्ण गौतम रहेका छन् । गौतमले छिमेकी ती बालिकालाई ललाइफकाई कोही पनि नभएको समयमा आफ्नै घरमा लगेर बिहीबार बिहान बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालिकाका बुबाआमा मजदुरी गर्न गएको मौका छोपी गौतमले बालिकालाई बलात्कार गरेको बताइएको छ । पीडित बालिकाका बुबाआमा अपाङ्ग छन् । उनीहरु दुवै बोल्न सक्दैनन् ।

पीडितका बुबाआमा अपाङ्ग भएकाले छिमेकीको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापामा शुक्रबार जाहेरी दिएपछि गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मुकुन्द आचार्यले बताए । बालिकाको हिजै मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes