दुबइमा पत्रकार महासंघकाे अधिवेशन

दुबइमा पत्रकार महासंघकाे अधिवेशन

मुम्चे रार्इ/यूएइ, नेपाल पत्रकार महा सङ्घ यूएइ शाखाको चौथो अधिवेशन गत अक्टोबर-१७ शुक्रवार दुवाइमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष अर्जुन दाहालको अध्यक्ष तथा नेपाली राजदूत धनञ्जय झा को प्रमुख र नेपाल पत्रकार महा सङ्घका वर्तमान अध्यक्ष डा. महेन्द्र विष्टको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले पुन अर्जुन दाहाललार्इ नै नयाँ कार्यसमितिको अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

 दाहालको अध्यक्षतामा गठन गरिएको नव कार्य समितिमा उपाध्यक्ष त्रिलोचन कोइराला, सचिव लक्ष्मण खनाल, सहसचिव हरि नेपाली,कोषाध्यक्षमा मेघराज सापकोटा र सदस्यमा शेखर चापागाँई चयन भएका छन् । त्यस्तै ए केन्द्र थापा र भूप राज बस्याल केन्द्रीय सदस्य र निमेष गिरि सल्लाहकारमा सर्वसम्मत चयन भएका छन् ।

शाखाद्वारा अधिवेशनकै अवसर पारेर ‘वैदेशिक रोजगार प्रतिको आकर्षण र यसको असर’ शीर्षक अन्तर्गत अन्तर क्रिया कार्यक्रमको पनि आयोजना गरिएको थियो भएतापनि प्रक्रिया गत रूपमा यो कार्यक्रम सञ्चालन हुन नसक्दा अन्य सहभागीहरूले यस कार्यक्रममा सहभागी हुन पाएनन् । विभिन्न सङ्घ-संस्थाको आड र भरोसामा राजनीति गर्ने हरूलार्इ भने यो समय कुनै पनि राजनैतिक पाटीले आयो जना गरेको कोण सभा भन्दा फरक रहेन । अन्तर क्रिया कार्यक्रम को लागि ल्फोर खुल्ला हुनु अगावै नेपाल पत्रकार महा सङ्घका अध्यक्ष तथा उपाध्यक्षलार्इ शाखाले सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत महा महिम धनञ्जय झाको बाहुल्यबाट सम्मान पत्र हस्तान्तर गरिएको थियो ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes