अबैध सुनचाँदी २३ किलो चाँदी र २६ तोला सुन सहित चालक पक्राउ

अबैध सुनचाँदी  २३ किलो चाँदी र २६ तोला सुन सहित चालक पक्राउ
लहान-पूर्व–पश्चिम राजमार्गको भारदह–१(सप्तरी) बाट मंगलबार राती प्रहरीले अबैध सुनचाँदी सहित एक चालकलाई पक्राउ गरेको छ । को१च ७११८ नम्बरको गाडीमा राजविराज तर्फ लग्दै गरेको २३ किलो चाँदी र २६ तोला सुन सहित चालक विनोद कुमार दाशलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर दीपक कार्कीले बताए।

पक्राउ सुनचाँदी सप्तरी राजविराजका व्यापारी राजेशकुमार साहको भएको चालक दाशले प्रहरीमा वयान दिएको इन्सपेक्टर कार्कीले नागरिकसँग भने। साहको राजविराजमा तीनवटा सुनचाँदी पसल भएको पनि चालकको वयानबाट खुलेको कार्कीले बताका छन्।

विशेष सूचनाको आधारमा पूर्वबाट आइरहेको उक्त गाडी चेकजाँच गर्दा सुनचाँदी फेला परेको र सुनचाँदी खरिद गरेको बिल तथा कुनै पनि कागजात देखाउन नसकेपछि पक्
राउ गरिएको कार्कीले जानकारी दिए।
Copyright © 2025 New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes