काठमाडौ, कार्तिक ४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध विशेष अदालतमा
भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाही जिल्लाको जय शिव सामुदायिक
प्रावि मलंगवा-८ का नाममा सञ्चालनमा नै नरहेको झोले विद्यालय खडा गरी
भ्रष्टाचार गरेकामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरेन्द्र तिवारी,
प्रधानाध्यापक रुवी कुमारी र स्रोत व्यक्ति भोगेन्द्र कुमारविरुद्ध मुद्दा
दायर गरिएको अख्तियारले जनाएको छ ।
तिवारीसहित तीन जनाले ०६५ मंसिर १६ देखि २०७० पुस १९ सम्म झोले विद्यालयका
नाममा विभिन्न शीर्षकमा सरकारी रकम लिने दिने कार्य गरी ३ लाख ४ हजार
रुपैयाँ हिनामिना गरेकाले उनीहरूमाथि भ्रष्टाचार ऐनबमोजिम हदैसम्मको कारबाही गर्न अख्तियारले अभियोग पत्रमा मागदाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरीक्षक राजेन्द्र पासवानले सेवा प्रवेश गर्ने प्रयोजनका लागि पेस गरेको जनता माध्यमिक विद्यालय, रौतहटको एसएलसी उत्तीर्ण गरेको भनिएको शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा न
नेपाल राष्ट्र बैंकका वरिष्ठ पियन श्रीधारी महतोले बढुवा हुने प्रयोजनका लागि पेस गरेको बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट इन्टरमिडियट उत्तीर्ण गरेको भनिएको शैक्षिक प्रमाणपत्र छानबिनका क्रममा नक्कली देखिएकाले उनीविरुद्धसमेत मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।
hi
ReplyDeleteI went over this website and I believe you have a lot of wonderful information, saved to my bookmarks
ReplyDeleteดูหนังฟรี