जग्गा किर्ते गरी बिक्री गर्न लाई २ करोड

भक्तपुर, कार्तिक १५ - जग्गा किर्ते गरी बिक्री गर्न खोज्दा दुई वर्षअघि पक्राउ परेका २३ मध्ये १२ जनालाई जिल्ला अदालत भक्तपुरले जनही २ करोड १० लाखसहित कैद सजायको फैसला सुनाएको छ ।

काठमाडौं महानगरपालिका-२५ बटु इन्द्रचोक बस्ने ५९ वर्षीय वीरमानन्द अग्रवालको नाममा दर्ता कायम रहेको जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्रीको प्रयास भएको थियो । मध्यपुर थिमी नगरपालिका-१६ लोकन्थलीस्थित अरनिको राजमार्गसँगै जोडिएको कित्ता नं. ३२३ को ३ रोपनी ६ आना सक्कली जग्गाधनीलाई थाहै नदिई बिक्रीको प्रयास भएको थियो ।



नेपाली नागरिकतासमेत किर्ते बनाई मालपोतको जग्गा स्रेस्तामा भएको सक्कली जग्गाधनीको फोटो निकाली नक्कली जग्गाधनीको फोटो टाँसेर ठगी गरेको पाइएकाले मालपोतका कर्मचारी कर्णबहादुर विष्टसहित ५ जनालाई जनही २ करोड १० लाख २९ हजार ८५ जरिवानासहित १ देखि ३ वर्ष कैदको फैसला भएको छ । किर्ते गरी बिक्रीको अवस्थामा डोर पास गर्न लाग्दा २०६९ साउन १६ मा माफिया टोलीलाई प्रहरीले पक्राउ गरेको थियो । जग्गाधनी प्रमाण पुर्जा र नागरिकतासमेत नक्कली बनाई साविकको बजार मूल्य १६ करोड २० लाखमा बिक्री गर्न लाग्दा सक्कली जग्गाधनीले थाहा पाएपछि किर्ते गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ल्ाा अदालत भक्तपुरका न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले बिहीबार गरेको फैसलामा किर्ते गर्नेमध्ये मोरङ सिजुवा-९ घर भई मालपोत कार्यालय भक्तपुरका कर्मचारी कर्णबहादुर बिष्टलाई २ करोड १० लाख २९ हजार ८५ जरिवानासहित १ वर्ष कैद तथा सरकारी कर्मचारीले कसूर गरेबापत थप दुई वर्ष गरी कुल ३ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले बताए ।

अदालतले किर्ते गर्नेमध्येका मध्यपुर थिमी नगरपालिका-१६ का वडा सचिवसमेत रहेका मथिनपा-१२ बस्ने अभयन्द्र रञ्जितलाई १ करोड ५ लाख १४ हजार ५ सय ४२ जरिवानासहित एक वर्ष कैद र भक्तपुर नगरपालिका-११ बस्ने विश्वराम सुवाल, मध्यपुर थिमी लोकन्थली बस्ने अनिल हेक्का, मध्यपुर थिमी-८ का धनकृष्ण भासिमा, काठमाडौं-३४ पुरानो बानेश्वरका दीपक क्याललाई जनही २ करोड १० लाख २९ हजार ८५ जरिवानासहित एक-एक वर्ष कैदको फैसला सुनाएको छ । अदालतले दोषी ठहर गरेकामध्ये काठमाडांै-१० बुद्धनगरका रोहितजंग राणा र मध्यपुर थिमी-१६ लोकन्थलीका राजु लामा भने फरार रहेको जनाएको छ ।

आरोपीमध्येका काभे्रपलाञ्चोक ज्याम्दी-९ का टंकबहादुर बुढाथोकी, सर्लाही हरिवन-६ का बालकृष्ण सिंह, उदयपुर हरिया-७ का भीमप्रसाद पौडेल र सिन्धुपाल्चोक बाह्रबिसे-२ का दिनेश अर्याललाई ५० रुपैयाँ जरिवानासहित एक वर्ष कैद फैसला सुनाएको स्रेस्तेदार अधिकारीले बताए । आरोपी मध्ये राजनकुमार श्रेष्ठ, शंकर भट्टराई, सुबोधकुमार दाहाल, अनुप चालिसे, दिलगोपाल श्रेष्ठ, लीलामणि भट्टराई, सीताराम भट्टराई, उमाकान्त पौडेल, रामहरि न्यौपाने र हरिविनोद चौलागाइर्ंलाई कुनै संलग्नता नदेखिएकाले सफाइ दिएको अदालतले जनाएको छ । कर्मचारी विष्टले सक्कली जग्गाधनीको फोटो उप्काएर नक्कली जग्गाधनीको फोटो टाँस्नमात्रै २५ लाख लिने सहमतिमा ५ लाख लिएको पुष्टि भएको छ । गिरोहले जग्गा बिक्री गर्न २०६९ साउनमा २५ लाख बैनासमेत लिएको थियो ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes