दशगजा आडैमा भारतीय सडकबारे गृहलाई प्रजिअको पत्र

दशगजा आडैमा भारतीय सडकबारे गृहलाई प्रजिअको पत्र

नेपालगन्ज : भारतले सीमामा बनाएको सडकले नेपालगन्ज उपमहानगरपालिकासहित जिल्लाका १७ गाविस डुबानमा पर्ने विवतरण बाँके प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पठाएका छन्। 
फोटो :अन्‍नपूर्ण (बाँकेको हिरिमिनियानजिक भारत सरकारले निर्माण
गरेको सडकको पानी जाने होमपाइप)

एसएसबी प्रत्यक्ष निर्माण भइरहेको उक्त सडकले पश्चिम राधापुरदेखि कटकुइयासम्म नै डुबान पर्नेछ। साइगाउँ, हिरिमिनिया, भगवानपुर, होलिया, वेतहनी, बनकट्टी, कम्दी, भत्तेपुर, गगापुर, मटैहिया, नरैनापुर, लक्ष्मणपुर, कालाफाटा, कटकुइया, बिनौना, कचनापुर, बैजापुरलगायत गाविस डुब्ने जोखिमसहितको विवरण गृह मन्त्रालयमा पठाइएको हो।

साइगाउँदेखि कटकुइँयासम्म दसगजाको सामानान्तर रूपमा सडक निर्माण भइरहेको विवरणमा उल्लेख छ। बर्दिया आएका गृहमन्त्री वामदेव गौतमले सीमामा सडक बन्दै गरेको विषय चासोका साथ लिई विवरण लिएर गएको प्रजिअले बताए। भारत सरकारले आफ्नो प्रतिबद्धताअनुसार नेपालतर्फको एपक्स बन्ड (तटबन्ध) नबाइदिएका कारण बर्सेनि होलिया, गगापुर, मटैहिया र बेतहनी डुबानमा पर्दै आएका छन्। होलियाबाट एक हजार डुबानपीडित परिवारलाई अन्यत्र पुनस्थापना गर्ने अभियान सरकारले थालिसकेको छ।

भारतले आफ्नोतर्फ मात्रै साढे २२ किलोमिटर लामो कलकलवा तटबन्ध बनाएको छ। भारत सरकारले लक्ष्मणपुर बाँधबाट नेपालतर्फ सिधिनियाघाट कम्तीमा ८ किलोमिटरसम्म तटबन्ध बनाउने सहमति नै भएको छ। आफ्नोतर्फ बनाइयो तर अहिलेसम्म नेपालतर्फ बनाइएको छैन। उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादवले नेपालतर्फ तटबन्ध बनाइदिने प्रतिबद्धता नेपाली प्रतिनिधिमण्डल गरेको स्रोतले जनाएको छ। सिधनियाघाटभन्दा माथिको खण्ड फत्तेपुर, कचनापुर र बिनौना क्षेत्रमा नेपाल भारतले संयुक्त तटबन्ध निर्माण गर्नु पर्नेछ। सुतैया, गन्धलीलगायत प्राकृतिक बहावले तटबन्धले रोकेका कारणले नेपाली भूमि डुबान भइरहेको छ।

कलकलवा तटबन्धमा पुल र कलर्ड राख्ने प्रतिबद्धतासमेत भारत सरकारले पूरा नगरेको पाइएको छ। सुतैया र गन्धली नालामा पुल बनाइदिने सम्झौता भए पनि अहिलेसम्म बनाइएको छैन। नयाँ बन्दै गरेको सडकमा २० किलोमिटर दूरीमा जम्मा एउटा सानो पुल र एउटा ह्युमपाइप राखेको पाइएको छ। भारत सरकारले कजवे टाइपको सडक बनाएर पनि नेपाली भूभागलाई डुबान हुनबाट बचाउन सकिन्छ। दिल्लीमा जस्तो हवाई सडक पनि बनाउन सकिन्छ। भारत सरकारको केन्द्रीय योजनाअनुसार उत्तरप्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दसगजा क्षेत्रमा रहेका पिलरलाई केन्द्रबिन्दु मानेर सडकको लम्मणपुर बाँध पश्चिमतर्फ २१ किलोमिटर सडक निर्माण भइरहेको छ भने पूर्वतर्फ पनि कटकुइयाबाट सडक निर्माण थालिएको छ।

दसगजाबाट पाँचदेखि १० मिटर छेउबाट करिब २.५ मिटर अग्लो र ३० मिटर चौडा सडक निर्माण भइरहेको छ। उक्त सडकमा सात मिटर चौडा पिच गर्ने योजना छ। उता कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधले बाँकेका होलिया, बेतहनी, फत्तेपुर, गंगापुर, मटैयालगायत गाविस प्रत्येक वर्ष डुबानमा पर्दै आएका छन्। सन् १९८५ बाट निर्माण थालिएको कलकलवा तटबन्धको निर्माण २००० सकिएको थियो भने १९९० मा निर्माण गरिएको लक्ष्मणपुर बाँध र २२ किलोमिटर कलकलवा तटबन्ध निर्माण गरेपछि बर्सेनि सुतैया र गन्धेली नालाको प्राकृतिक बहाव रोकिन गई डुबानमा पार्दै आएको छ।

उक्त तटबन्ध नेपालतर्फसमेत बनाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत भारततर्फ मात्रै निर्माण भएको छ। नेपालतर्फ भारतले बनाइदिने सहमति भए पनि निर्माण गरिदिएको छैन। उता भारतीय पक्षले सीमा क्षेत्रमा स्थानीय नेतालाई कल्भर्ट र पुल बनाइने आश्वासन दिँदै सडक भने धमाधम बनाइरहेको छ। हिरिमिनियाका स्थानीय नेता राजकुमार बर्माले सडक बनिसक्न लागेको बताए। उनले भारततर्फ कल्भर्ट र पुल बनाइदिने आश्वासन आफूहरूलाई दिइएको बताए।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes