काठमाडौं/ ललितपुर, करिब १२्र बजे आएको भुकम्पले देशभरको
जनजिवन प्रभावीत भएको छ । लमजुङ
केन्द्रविन्दु भएर आएको भुकम्पले देशभर
क्षती पु¥याएको छ । ७.५ रेक्टर
स्केलको भूकम्पले सवैभन्दा धेरै क्षती
राजधानीमा पु¥याएको छ ।
राजधानीका
धेरै स्थानमा बर्षौदेखि कच्चा अवस्थामा रहेका घर र पर्खालहरु भत्किएका छन् भने कतिपय स्थानका पक्कि सडकहरु फाटेका छन् । राजधानीका अधिकांश अस्पतालमा घाईतेहरुको घुईचो लागेको छ । पटक–पटक भुकम्पको धक्का आईरहेको हुनाले अस्पतालहरुले बाहिर खुल्ला ठाउँमा राखेर
उपचार गराईरहेका छन् । आकस्मिक उपचार समेत अस्पतालहरुले बाहिरै
गरिरहेका छन् । ठुलो भुकम्प गएपछि त्रसित भएका राजधानीवासीहरु अहिले खुल्ला
स्थानमा जम्मा भएर बसिरहेका छन् ।
राजधानीको
ऐतिहासीक धरहरा ध्वस्त भएको छ । आज शनिवार भएकाले धरहरा चढ्ने मानिसहरुको घुँईचो लागेको हुनाले क्षतिको यकिन विवरण आउन सकेको
छैन ।दरबार हाईस्कुलको केही भु–भाग भत्केको छ भने असन र पाटन क्षेत्रमा ठुलो क्षती पुगेको छ । राजधानीमा मानविय उद्धारको कार्य जारी रहेको
प्रहरीले जनाएको छ ।
यसैगरि शक्तिशाली भुकम्पको असरले ललितपुरको जुद्ध बारुणयन्त्र कार्यालय ध्वस्त भएको छ । दमकल कार्यालय भत्कँदा बाटो हिँड्दै
गरेका केही बटुवा घाईते भए भने दुई जना पुरिएको आशंका एक प्रत्यक्षदर्शीले
रातोपाटीलाई बताए ।
दमकल
कार्यालय नजिकै रहेको सुमेरु
अस्पतालले विरामीहरुलाई बाहिरै निकालेर
उपचार गरिरहेको छ । ललितपुरका
स्थानीयहरु जावलाखेल चोकको खुल्ला स्थान, लगनखेल बसपार्क र
खुल्ला सडकमा जम्मा भएर बसेका छन् ।
अचानक शक्तिशाली भुकम्प आएपछि ललितपुरवासीहरु आत्तिएर सडकमा
निस्किएका थिए । सडकमा पार्किङ गरेर राखिएका दजनौं सवारी साधनमा क्षती पुगेको छ
। घर भत्किएर किचिएका घाईतेहरुलाई स्थानीयवासीले ट्याक्सि र
मोटरसाईकलमा राखेर अस्पताल पु¥याएका थिए । भुकम्प गैसकेपछि कत्तिपय महिला र बालबालीका रोइरहेका देखिन्थे ।
स्थानीय
सामाजसेवीहरुले ललितपुरका विभिन्न
स्थानमा माईकिङ गरेर विपत्तिमा
परेकाहरुको उद्दार गरिरहेका छन् । घर
भत्केर ईट्टा र माटोले पुरेको ठाउँमा स्काभेटर
पुगेर हटाउन थालेको छ । ललितपुर प्रहरी पनि उद्धार कार्यमा जुटिरहेको छ ।
Post a Comment