करोडपतिबाट कसरी त्रिपालमुनि पुगे ऊनी

करोडपतिबाट कसरी त्रिपालमुनि पुगे ऊनी


रासस/पश्चिम सुर्खेतको तीखाकुना बाबियाचौरका डम्बरबहादुर शाहीले घरको आँगन पक्की बनाउने भन्दै खन्दै गर्दा २० तोलाको सुनको मूर्ति भेटाए । साउनको १९ गते सुनको मूर्ति आँगनमा भेटेपछि खुसीले मच्चिएका शाहीले गाउँभरि भेटिएको मूर्ति देखाउँदै हिँडे ।
 
कसैले भने सुनको मूर्ति त्यसरी भेटिनु अशुभ हुन्छ, कसैले भने यो मूर्ति करोडौँमा बिक्री हुन्छ, तँ धनी हुने भइस् । धेरैले अशुभ हुन्छ भनिदिएपछि चिन्तित बनेका शाहीको मनमा अनेक तर्कहरु खेल्न थाले । उनलाई लाग्यो मूर्तिका कारण गाउँमा अनिष्ट नहोस् ।



मूर्ति लगेर नजिकै बगिरहेको भेरी नदीमा बगाइदिउँ भन्ने सोच पनि उनलाई नआएको होइन । मान्छेको लोभी मनले उनलाई त्यसरी भेटिएको मूर्ति बगाउन दिएन । आखिर गाउँमा मात्रै होइन जिल्लाले नै ठूलो अनिष्ट भोग्नुप¥यो । साउनको अन्त्यमा आएको अविरल वर्षाको बाढीले शाहीको सुनको मूर्तिसहित, घरजग्गा र व्यापार व्यवसाय केही बाँकी नराखी सबै बगाइदियो । पात झर्ने पालो हावा लाग्ने पालो भने झैँ अनिष्ट भयो । गाउँलेले ठूलो क्षति व्यहोर्नु प¥यो  बाढीपहिरो आउनु पूर्व शाहीलाई खान लाउन कुनै दुःख हुँदैनथ्यो, आयआर्जनका थुप्रै माध्यमहरुबाट मनग्य आम्दानी लिने उनले १५ जना युवकलाई रोजगारी पनि दिएका थिए ।
 
पहिले अरुलाई रोजगारी दिएर खाने शाहीलाई अहिले अरुसँग मागेर खान परेको छ । त्रिपालमुनिको दैनिकी सुरु भएपछि अहिले उनलाई स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउने जिम्मा दिइएको छ । त्यसैबाट दैनिकी गुजार्ने गरेका छन् शाही परिवारले । मान्छेको भाग्य फेरिन के बेर लाग्दो रैछ र बूढापाकाहरु भन्ने गर्थे । एकैछिनमा गरिब मान्छे धनी भएको र धनी मान्छे गरिब हुन बेर लाग्दैन । यस्तै उखान मिल्न गयो उनै शाहीलाई पनि । बाढीपहिरो आउनुपूर्व सम्पन्न रहेका उनलाई अहिले त्रिपालमुनिको कष्टकर जीवन बिताउन परेको छ । छोराछोरी साना छन्,” उनी भन्छन् जस्तै भए पनि आफ्नो लागि घर, महलसरह थियो । अहिले सबै सहनुपरेको छ । जाडो बढेको छ । ओढ्ने, लगाउने कपडा छैन । आफूलाई जे भए पनि छोराछोरीलाई दुःख परेको हेर्दा मन साह्रै दुख्ने गरेको पीडा उनले सुनाए  ओरालो लागेको मृगलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन भने झै शाही पनि आफ्नो सबै स्वाहा भएको टुलुटुलुमात्रै हेर्न विवश छन् । गाउँमा राम्रै इज्जत, प्रतिष्ठा बनाएका ऊसँग गाउँकै १५ जना स्थानीय युवक आश्रित थिए । रक्सीको डिलर, खाद्यको डिलर र कुखुराको ठूलो फार्म सञ्चालनमा ल्याएका शाहीलाई आर्थिक समस्या कहिले देखिएको थिएन । अहिले बाढीले आफूलाई सुकुम्बासी बनाइदिएको उनी सुनाउँछन् ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes