कार्तिक-७, नुवाकोट/ काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीतर्फ जाँदै गरेको यात्रु बस नुवाकोटको बेलकोट गाविसमा शुक्रबार विहान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । विहान ८ बजे काठमाडौंको बालजुबाट हिँडेको बस नुवाकोटको बेलकोट गाविस–५ स्थित सडकबाट डेढ सय मिटर तल झरेर दुर्घटना हुँदा एक विदेशी सहित ६ जनाको घटनास्थलमै ज्यान गएको हो भने बसमा सवार ५० भन्दा बढी घाइते भएका छन् ।
छतमा समेत यात्रु हालेर रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको बा२ख २२६६
नम्बरको यात्रु बस बेलकोटस्थित आरकाटे भिरमा खसेको हो । भिरमा झरेको बस क्षतविक्षत भएको छ । करिब ७० जना यात्रु बोकेको बस दुर्घटनामा परेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनाको सम्पुर्ण बिबरण आउन सकेको छैन । अहिलेपनि प्रहरी उद्धार कार्यमै जुटिरहेको छ ।

Post a Comment