कार्तिक ७ , इटहरी/ सुनसरी , उदयपुर र पााचथरमा भएको आगलागीमा ६३ लाख बराबरको क्षति भएको छ । इटहरी नगरपालिका १ स्थित सङ्गीत चोक नजिक रहेको लेखनाथ पराजुलीको दुईतले काठको घरमा आगलागी हुदा ६० लाखभन्दा बढीको क्षति भएको छ । गएराती नौ बजेतिर आगलागि हुदा पराजुलीको घरको माथिल्लो तलामा वस्ने चार परिवारको धन सम्पती जल्दा ६० लाख बढिको क्षती भएको
हो ।
परिवारका सदस्यहरु यटहरीचौकमा दिपावलीको रमाइलो हेर्न गएको बेला उनीहरुको कोठामा रहेको सुनचाादी, नगद, लत्ताकपडा लगायतका सामानजलेर नष्ट भएको इटहरीका प्रहरी नायब उपरिक्षक बिनोद शर्माले जानकारी दिनुभयो । यस्तै भुइतलामा रहेको मोहम्मद इसाक हुसैनको मासु पसलमा रहको एउटा खसि र २० हजार बराबरका कुखुरा मर्नुका साथै डि फ्रिज लगायतका सामान जल्दा एक लाखभन्दा बढीको नोक्सानी भएको छ । यस्तै हिजो सााझ सुनसरीको देवानगंज – ७ बस्ने जसिर अन्सारीको ग्वालीमा आगलागी हुादा ग्वाली तथा ग्वालीभित्र राखिएको बिस मन पटुवा जल्दा पचास हजारको क्षति भएको छ ।
आगो स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय देवानगन्जबाट खटिएको प्रहरी टोलीले बिहान २ बजे नियन्त्रण लिएको थियो । यसैगरी उदयपुरको रामपुर ठोक्सीला ८ स्थित धोधन सदाको घरमा हिजोसांझ दिपावली गर्दा आगलागी भउको छ । आगलागी हुादा घर र घरभित्र रहेको सामान जल्दा एक लाख बराबरको क्षति भएको छ ।यसैगरी पााचथरको फिदिम नगरपालिका –४ स्थित ददिराम खत्रीको घरमा हिजोसाांझ बिद्युत लाईन सर्ट भई आगलागी हुादा दुई लाख बराबरको क्ष्ाित भएको छ । आगलागीबाट घर र घरभित्र रहेको सामान तथा सात हजार भारतीय रुपैयासमेत जल्दा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाउको छ ।
Post a Comment