वीरगन्ज, कार्तिक ४/
ट्याक्टर दुर्घटनामा परी खुट्टा भाँच्चिएका पर्सा गम्हरिया-७ का प्रेम
महतो अप्रेसनको पर्खाइमा एक सातादेखि नारायणी उपक्षेत्रीय अस्पतालमा छन् ।
असोज २८ मा भर्ना भएका महतोको गत आइतबारै शल्यक्रिया भइसक्नुपर्ने थियो ।
तर हड्डीका विशेषज्ञहरूसहित अस्पतालका १२ चिकित्सक भारतीय औषधि कम्पनीको
प्रायोजनमा एकैपल्ट विदेश घुम्न गएकाले उनी मेडिकल वार्डको ११७ नम्बर
शय्यामा छट्पटाउँदै बस्न बाध्य छन् ।
शल्यचिकित्सकहरू डा. खालिद हसन, डा. चित्रन्जन साह, डा. मनोज गुप्ता र बाल विशेषज्ञ शैलेश ठाकुरसमेत विदेश भम्रणमा गएकाले दैनिक ५/६ शल्यक्रिया हुने अस्पतालमा सेवा ठप्प भएको छ । प्रसूति विभागका डा. लक्ष्मी थापा र विमला बछार पनि भ्रमणमा गएका छन् ।
अस्पताल प्रशासन शाखाका उदयशंकर चौधरीका अनुसार चिकित्सकहरूले घरबिदा लिएका छन् । 'केहीले सट्टा बिदाको निवेदन दिएका छन्,' उनले भने । अस्पताल स्रोतका अनुसार भारतीय औषधि कम्पनी 'माइक्रो'ले सरकारी अस्पतालसँगै यहाँका नेसनल मेडिकल तथा शिक्षण अस्पतालका चिकित्सकलाई समेत घुमाउन लगेको हो । स्थानीय सुदिप चौधरीले भने, 'चिकित्सक नभएकाले बाहिरबाट आएका बिरामी ओपिडी टिकट काटेर अलपत्र परेका छन् ।'
३५ चिकित्सकको दरबन्दी रहेको उपक्षेत्रीय अस्पतालमा दैनिक ७ सय बिरामी उपचारार्थ आउने गरेका छन् । अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसादले चिकित्सक सामूहिक बिदामा गएकाले अस्पताल ठप्प प्रायः बनेको बताए ।
विकास समितिका अध्यक्षमा हालै नियुक्त भएका डा. रामदेव तिवारीले भने चिकित्सकको सामूहिक बिदाले ओपिडी सेवा प्रभावित नभए पनि शल्यक्रिया प्रभावित भएको बताए । मेडिकल सुपरिटेन्डेन्ट डा. सुमन प्रसादले चिकित्सक पनि सामान्य मान्छे भएकाले मनोरन्जन गर्न बिदामा गएको हुनसक्ने प्रतिक्रिया दिए । चिकित्सकले मगंलबारसम्मका लागि बिदा लिएका हुन् ।
कमिसनको चक्कर
चिकित्सकहरूले उपचारार्थ आएका बिरामीलाई लेखिदिने औषधिबाट निश्चित रकम 'कमिसन' पाउने गरेका छन् । यसका लागि चिकित्सक र औषधि कम्पनीबीच मिलेमतो भएको हुन्छ । मिलेमतोअनुसार चिकित्सकले ६ महिना वा एक वर्षसम्म आफू कहाँ आएका बिरामीलाई कमिसन प्राप्त हुने औषधि खान सिफारिस गर्छन् ।
अहिले चिकित्सहरूलाई विदेश भ्रमणमा लगेको भारतीय कम्पनी माइक्रोले विभिन्न औषधि र इन्जेक्सन उत्पादन गर्छ । उसले उत्पान गर्ने 'राइटजोन' एन्टिबायोटिकको बजार मूल्य १ सय ४० रुपैयाँ छ । त्यही कम्पोजिसनका अन्य भारतीय औषधि भने ४८ रुपैयाँमै पाइन्छ । 'अधिकांश डाक्टरले बिरामीलाई त्यही महँगो एन्टिबायोटिक लेखिरहेका छन्, एक औषधि विक्रेताले भने, 'डाक्टरले पुर्जीमा जे लेख्छ त्यही बेच्ने हो ।' बजारमा एकै कम्पोजिसनका पचासौं औषधि छन् । औषधि कम्पनीका मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) ले चिकित्सकसित आफ्नो उत्पादन लेखिदिएबापत उपहारहरू दिनुका साथै, विदेश भ्रमणहरूको अवसर उपलब्ध गराउँछन् ।
'नाम चलेका चिकित्सकले औषधि बिक्रीबाट १० प्रतिशतसम्म कमिसन लिन्छन्,' एक औषधि कम्पनीका प्रतिनिधिले भने, 'यसपालिको तिहारमा झन्डै आधा दर्जन चिकित्सकको घर रंगरोगनसमेत गरियो ।' एक सिसी भिटामिन लेखिदिएबापत सय रुपैयाँसम्म कमिसन दिने गरेको उनले बताए । चिकित्सकलाई दिइने उपहार, कमिसन र विदेश भ्रमणको रकम कटौती गर्ने हो भने औषधिको मूल्य ३० प्रतिशतसम्म घट्ने सक्ने जानकारहरू बताउँछन् ।
औषधि उत्पादक कम्पनीहरूले चिकित्सकलाई कमिसनबापत छुट्याइने खर्चसमेत जोडेर बिक्री मूल्य निर्धारण गर्छन् । 'वृत्ति विकास, सेमिनार वा चिकित्सकीय भेलामा कुनै कम्पनीको प्रायोजनमा विदेश जाने अर्कै विषय हो,' एक चिकित्सकले भने, 'परिवारसहित भ्रमणमा जानु भनेको प्रभावित हुनु हो ।'
विदेश भ्रमणमा गएका चिकित्सकले प्रयोजक कम्पनीकै औषधि मात्र सिफारिस गर्दैनन् त भन्ने जिज्ञासामा मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनप्रसादले भने, 'यो त सम्बन्धित चिकित्सकसितै सोध्नुस् ।'