प्राणघातक इबोला विरुद्धको सिरम केही साताभित्रै

प्राणघातक इबोला विरुद्धको सिरम केही साताभित्रै

प्राणघातक इबोला भाइरसका बिरामीहरुको उपचारमा प्रयोग हुने सिरम आगामी केही साताभित्र लाइबेरियामा उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त भाइरसबाट संक्रमित भएर निको भइसकेका मानिसहरुको रगतबाट सिरम बनाउने गरिएको छ।

जेनेभामा बोल्दै संगठनकी डा. मारी पोल कियनीले सन् २०१५ को जनवरीसम्म इबोला भाइरसको औषधी पनि पाउने गरी काम अघि बढिरहेको बताइन्। संगठनको स्वास्थ्य प्रणाली विभागकी सहायक महानिर्देशक
कियनीले इबोला भाइरसबाट मुक्त भएका मानिसहरुको रगतबाट बनाइएको सिरम तीनवटा मुलुकहरुमा उपलब्ध गराउने विषयमा साझेदारी भएको बताइन्।

उपचारमा प्रयोग हुने सिरम सबैभन्दा
पहिला लाइबेरिया उपलब्ध हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ
सामर्थ्य
उक्त साझेदारी तीव्र गतिमा अघि बढिरहेको र आगामी साताहरुमा त्यहाँ रगत संकलन केन्द्रहरु बनाएर रगत संकलन गरी सिरम बनाउन थालिने उनले जनाइन् । उनले भनिन्, “तीनवटा मुलुकहरुमा रगत संकलन केन्द्रहरु स्थापना गर्ने हाम्रो सामर्थ्य छ। जुन रगत संकलन गरी उपचारका लागि प्रयोग गर्न सकिने सिरम बनाउन सकिन्छ।”

इबोला भाइरसबाट संक्रमित भएर निको भइसकेका मानिसका शरीरलाई उक्त भाइरसविरुद्ध कसरी लड्ने भन्ने कुरा थाहा भएको र त्यसका लागि उनीहरुको रगतमा एन्टीबडीहरु भएको विश्वास गरिएको छ।

त्यस्ता मानिसहरुबाट रगत संकलन गरेर उपचारका लागि सिरम बनाउन मिल्ने चिकित्सकहरुले बताएका छन् ।

जोखिमरहित
ती मानिसहरुको रगतका राता कोषिकाहरु झिकेर महत्वपूर्ण एन्टीबडीहरुमात्र भएको सिरम बनाउने गरिएको छ । इबोला संक्रमित भएर पछि निको भएकी स्पेनकी एकजना नर्सलाई त्यसैगरी उपचार गरिएको बताइएको छ। कियनीले उक्त उपचार विधि जोखिमरहित नभएको र संगठनले सुरक्षाका उपायहरुबारे यसअघि नै निर्देशिका जारी गरिसकेको बताइन्। इबोला भाइरसबाट हालसम्म चार हजार पाँच सयभन्दा बढी मानिसहरुको ज्यान गइसकेको छ। मृत्यु हुनेहरुमा अधिकांश गिनी, लाइबेरिया र सियरा लियोनका मानिसहरु रहेका छन्।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes