मलेसियामा नेपाली पत्रिका जफत

मलेसियामा नेपाली पत्रीका अवैधानिक रूपमै प्रकाशन भए पनि ती पत्रीकाहरुले मलेसियामा रहेका नेपालीहरुलाई सुशूचित र आपसमा सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो । 

स्थानीय प्रशासनले गत आइतबार प्रकाशित पत्रीकाको अँक जफत गरेर पत्रीका प्रकाशन, बिक्री वितरण गर्ने र विज्ञापन दिने सबैलाई अवैधानिक कार्य गरेको भनी ती कार्यलाई रोक्न निर्देशन दिईसकेको छ । त्यसैले मलेसियामा अब उप्रान्त नेपाली पत्रपत्रिकाहरु पढ्न नपाईने स्थिति देखिन्दै छ ।

मलेसियामा नेपाली पत्रीका प्रकाशन र वितरणको ईतिहास 10 बर्षभन्दा पुरानो छ, यो कार्यको जानकारी स्थानीय प्रशासनलाई पहिल्यैबाट थियो तर अहिले किन यस्तो कदम उठ्यो भन्ने बिषय सोचनीय छ । केही समय अगाडि मलेसियाका लागि नेपाली राजदुतको अन्तरवार्ता नागरिक दैनिकमा प्रकाशन भएको थियो । जहाँ राज्दुतको भनाई भन्दै "मलेसिया नेपाली कामदारको लागि नर्क हो" भन्ने जस्ता आपतिजनक शब्द छापिएको थियो ।

त्यो अन्तर्वार्ता पनि एउटा कारण हुन सक्छ । त्यसैले नेपाली राजदुतावासले यस सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउनु पर्छ । सो अन्तरवार्ता नागरिक दैनिकलाई नदिएको र सो शब्द राज्दुतले नभनेको भन्ने जस्ता कुराहरु बाहिर आएको छ । यदि त्यही अन्तर्वार्ता नै कारक हो भने कुन पत्रीकाको लागि अन्तर्वार्ता लिएको हो सो कुराको जानकारी नदिई र नभनेको कुरो छाप्ने पत्रीका र अन्तर्वार्ता लिने दुबैलाई कार्वाहीको पहल गरियोस् । मलेसियाबाटै प्रकाशन गर्न कानुनले नदिए नेपालमा बैधानिक रूपमै प्रकाशन गरेर मलेसियामा बिक्री वितरण गर्ने वातावरण मिलाईयोस् ।

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes