
अझ
धेरै जसो घटनाबारे प्रहरीमा उजुरी नै नहुने भन्दै अधिकारकर्मीहरुले पीडित
हुनेको संख्या झन ठूलो हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।
एक दशकमा बलात्कारका घटनामा ६ गुणाले बृद्धि भएको प्रहरीले आँकडाले देखाएको छ
सजिलो
बालिकाहरु बलात्कार गरिएका खबर बारम्बार छापाहरुमा आउने गरेका छन्।
नेपाल
प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो आर्थिक वर्षमा मात्रै नौ सय १२ वटा
बलात्कारका घटना भएका छन् जसमध्ये पाँच सय ६० भन्दा बढी बालिका बलात्कारका
मात्रै छन्।
त्यसमा १० वर्ष भन्दा कम उमेरका करिब २४० र ११ देखि १६ वर्ष उमेर समूहका करिब ३३० पीडित छन्।
प्रतिरोध गर्न सक्ने क्षमता कम भएकोले नै बालिकाहरु बलात्कारको बढि जोखिममा रहेको नेपाल प्रहरीका प्रवक्ता माधव जोशी बताउँछन्।
उनी
भन्छन्, “शारिरीक क्षमताको हिसावले बल प्रयोग गर्न पनि सजिलो। ललाई फकाई
गर्न पनि सजिलो। अभिभावक तथा आमाबुवाहरुले छोडेर हिड्ने अवस्था हुनाले
बालबालिकाहरुलाई एक्लै पाउन पनि सजिलो। बालबालिकाहरु बढी पीडित हुने कारण
यही हो।”
बृद्धि
आर्थिक वर्ष २०६०/६१ मा प्रहरीको तथ्याङ्कमा डेढ सयभन्दा बढी बलात्कारका घटना उल्लेख छन्।
दश वर्षको अन्तरालमा झण्डै छ गुणाले बढेर त्यो संख्या २०७०/७१ मा नौ सय १२ पुगेको छ।
सके सम्म घटनाहरु घरभन्दा बाहिर आउदैन। त्यही भएर बालबालिकाहरु झन् भन्दा झन् जोखिममा पर्ने गरेका छन्।
पहिले पनि बलात्कारका घटना उत्तिकै हुने गरेको तर अहिले उजुरी गर्ने प्रवृत्ति बढेकोले मात्रै संख्या धेरै देखिएको कतिपयको मत छ।
बालिका
बलात्कारका धेरै जसो घटनाहरुको कम उजुरी हुने गरेको बताउंछिन्,
बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविन नेपालकी कार्यकारी संयोजक
सुम्निमा मानन्धर।
जोखिम
उनी भन्छिन्, “सके सम्म घटनाहरु घरभन्दा बाहिर आउँदैनन्। त्यही भएर बालबालिकाहरु जोखिममा छन्।”
मुलुकी ऐन २०२० अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका बलात्कार गर्नेलाई १० देखि १५ वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ।
त्यस्तै
१० देखि १४ वर्ष मुनीकी बालिकालाई बलात्कार गर्नेलाई आठ देखि बाह्र वर्ष
सम्म र १४ देखि १६ वर्षभन्दा कम उमेरकालाई बलात्कार गर्नेलाई छ देखि १०
वर्ष सम्म कैद सजायको व्यवस्था छ।
Post a Comment