भूकम्पमा परि मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५७ पुग्यो

भूकम्पमा परि मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५७ पुग्यो

वैशाख २२, काठमाडौं/ गत वैशाख १२ गते गएको भूकम्पबाट अहिलेसम्म ७ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार १४ हजार ५ सय ३६ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्वास्थ केन्द्रमा उपचार भइरहेको छ । यसैगरी भुकम्पबाट १ लाख ९१ ह्जार ५८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १ लाख ७५ हजार १ सय ६२ घर आंशिक रुपमा क्षतिग्रस्त भएको छन् । त्यस्तै १० हजार ७ सय १८ सरकारी भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १४ हजार ७ सय ४१ सरकारी भवन आंशिक रुपममा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्प आएको आज एघारौं दिनपनि उद्दार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने उद्दारमा खटिएकाले अनुमान गरेका छन् । राहतमा खटिएका विभिन्न संघसंस्थाले आज पनि विहानैदेखि राहत वितरण सुरु गरेका छन् । दुर्गम भेगमा अझै पनि राहत नपुगेको समाचार आइरहदा ति भेगमा राहत पुर्‍याउन सरकारले सबैमा अपिल गरेको छ । यसैबीच, भूकम्पले क्षति पुर्‍याएका सरकारी कार्यालय भवन, विद्यालयलगायतको अवस्थाबारे सहरी विकास विभागले अध्ययन सुरु गरेको छ । मुलुकभरी रहेका २६ वटा डिभिजन कार्यालयमार्फत क्षतिको अध्ययन भइरहेको हो । भूकम्प गएको लामो समयसम्म पराकम्पन पनि जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो मात्रै ४ रेक्टर स्केलमाथिका ११ वटा भूकम्प गएका छन् । </div>

Post a Comment

Copyright © New Hindi Movies 2024 | Hindi Dubbed 2024 | New Bollywood Movies 2024 | New Hollywood Movies 2024 | Distributed by Blogger Templates | Designed by OddThemes